आईसीसी ट्वान्टी-२० विश्वकप : भारत-पाकिस्तानको खेल आज

NAWALPUR TIMES
प्रकाशित : २०७९ कार्तिक ६ गते ९:४८
आईसीसी ट्वान्टी-२० विश्वकप : भारत-पाकिस्तानको खेल आज

नवलपुर ।। अस्ट्रेलियामा जारी आईसीसी ट्वान्टी–२० विश्वकपमा आज दुई चिरप्रतिद्वन्दी भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ । सुपर–१२ को समूह २ का यी दुई टिमबीचको खेल नेपाली समयअनुसार ०१ः४५ बजेदेखि सुरु हुनेछ ।

आईसीसी ट्वान्टी–२० वरीयताको शीर्ष स्थानमा रहेको भारत विश्वकपको पछिल्लो संस्करणमा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो । जुन विश्वकपमा पाकिस्तानविरुद्ध भारतको पहिलो हारसमेत थियो ।

यसपछि यी दुई टिमबीच हालै सम्पन्न एसिया कपमा दुईपटक प्रतिस्पर्धा भएको थियो । जसमध्ये एक खेल भारतले जित्दा अर्को खेल पाकिस्तानले आफ्नो पक्षमा पारेको थियो ।

यी दुई टिमबीच हालसम्म ११ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा भातरले सात खेल जित्दा पाकिस्तानले तीन खेल आफ्नो पक्षमा पारेको छ ।

यी दुई टिमबीच ट्वान्टी–२० विश्वकपमा हालसम्म ६ पटक प्रतिस्पर्धा भएको छ । जसमध्ये पाँच खेल भारतले जित्दा एक खेलमा मात्र पाकिस्तान विजयी भएको छ ।

मेलर्बन क्रिकेट रंगशालामा हुने खेलमा भारत रोहित शर्मा र पाकिस्तान बाबर आजमको कप्तानीमा मैदान उत्रिनेछन् ।

आजै हुने पहिलो खेलमा समूह–१ का आयरल्यान्ड र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार ०९ः४५ बजेदेखि सुरु हुनेछ ।

प्रकाशित : २०७९ कार्तिक ६ गते ९:४८

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI