कावासोतीमा स्केट खेल पार्क खुल्दै

NAWALPUR TIMES
प्रकाशित : २०७९ कार्तिक १२ गते १८:२२
कावासोतीमा स्केट खेल पार्क खुल्दै

नवलपुर, कार्तिक १२ ।
नवलपुरको कावासोतीमा स्केट खेलको मज्जा लिन सकिने भएको छ । नवलपुरमै कावासोतीको सभापतिचोकमा पहिलो पटक खुल्न लागेको स्केट पार्क सञ्चालनमा ल्याउने तयारी भएको ब्यवस्थापक पक्षले जनाएको छ ।
दश बर्ष बैदेशिक रोजगारका शिलसिलामा कोरिया वसेर स्वदेश फर्किएका रोम बहादुर कानुङ मगर र दिनेश मल्लले सञ्चालनमा ल्याउन लागेको उक्त पार्कको सुरुवाती लगानी ६० लाख रहेको जनाईएको छ ।
एक चरणमा ६० जना सम्मले स्केटिङ गर्न सकिने भौतिक पूर्वाधार अन्तिम चरणमा पुगेको सञ्चालक मल्लले बताए ।
किशोर किशोरी लक्षित गेम जोन बनाउने उदेश्यका साथ सञ्चालनमा ल्याउन लागिएको पार्कभित्रै विभिन्न परिकार सहितको होटल हस्पिटालिटी रहने समेत जनाईएको छ । यससँगै भावी दिनमा बाईक रेस, कार रेस र भिडियो गेम जस्ता खेलहरु थपिने समेत जनाईएको छ ।
स्केट पार्कको भोलि आइतवार प्रतिनिधि सभाका निवर्तमान सांसद तिलक महतले उद्घाटन गर्ने कार्यक्रम रहेको सञ्चालक कानुङ मगरले जानकारी दिए ।

प्रकाशित : २०७९ कार्तिक १२ गते १८:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI