एक विदेशीसहित ७ जना मृत फेला

NAWALPUR TIMES
प्रकाशित : २०७९ कार्तिक २१ गते १३:०७
एक विदेशीसहित ७ जना मृत फेला

काठमाडौं  । देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला परेका छन् ।  बर्दियाको ठाकुरबाबा नगरपालिका–९ हात्तिसारस्थित अन्जली डल्फिन रिसोर्ट प्रालि सञ्चालन गर्दै आईरहेका फ्रान्सेली नागरिक ६० वर्षीय गथिर रक्स आफ्नै रिसोर्ट भित्रको सुत्ने कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

काभ्रेको पाचँखाल नगरपालिका–९ पहरी टोल बस्ने ७० वर्षीय राम बहादुर थापा मगर र उनकी श्रीमती ५९ वर्षीया गिता थापा मगर आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

मकवानपुरको भिमफेदी गाउँपालिका–२ चुनियास्थित जंगलमा हाल पहिचान नखुलेका पुरूषको शव आइतबार फेला परेको छ ।  कैलालीको गौरीगंगा नगरपालिका–४ मा बस्ने ४१ वर्षीय हर्क साउद आफ्नै काकीको घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी(पश्चिम)को रामग्राम नगरपालिका–२ हाटबजारमा हाल पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।  सप्तरीको राजबिराज नगरपालिका–६ बस्ने ३५ वर्षीय प्रताप राई छिमेकीको टवाईलेट माथि ढलानमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

प्रकाशित : २०७९ कार्तिक २१ गते १३:०७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI