विश्वको जनसंख्या ८ अर्ब पुगेको राष्ट्रसंघले गर्‍यो प्रक्षेपण

NAWALPUR TIMES
प्रकाशित : २०७९ कार्तिक २९ गते १२:१४
विश्वको जनसंख्या ८ अर्ब पुगेको राष्ट्रसंघले गर्‍यो प्रक्षेपण
Multicolored vector illustration.

आज १५ नोभेम्बरका दिन विश्वको जनसंख्या ८ अर्ब पुग्ने भएको छ । संयुक्त राष्ट्र संघको तथ्यांक अनुसार नयाँ अनुपातबाट के कुरा पत्ता लागेको छ भने सन् २०३० सम्ममा विश्वको जनसंख्या करिब साढे आठ अर्ब पुग्ने छ ।

राष्ट्र संघले सन् २०५० सम्ममा विश्वको जनसंख्या ९ अर्ब ७० करोड तथा २१०० सम्म १० अर्ब ४० करोड पुग्ने अनुमान गरेको छ ।
राष्ट्र संघका अनुसार ती देशहरुमा नै जन्मदर बढेको छ, जहाँ प्रतिव्यक्ति आम्दानी सबैभन्दा कम छ ।

राष्ट्र संघको यो गणना अनुसार सन् २०२३ मा भारत विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश बन्ने छ । योसंगै भारतले सबैभन्दा बढी जनसंख्या भएको देशको रुपमा रहेको चीनलाई उछिन्ने भएको छ ।

यद्यपि, चिन्ताको विषय के छ भने सन् १९५० पछि एउटा त्यस्तो समय आउने छ, जब जनसंख्याको वृद्धिदरमा निकै सुस्तता छाउने छ ।
सन् २०२० मा जनसंख्याको वृद्धिदर एक प्रतिशतभन्दा कम थियो ।

जनसंख्याका बारेमा २०२२ मा सार्वजनिक भएको राष्ट्र संघको यो अनुमान अनुसार पछिल्ला केही दशकमा विभिन्न देशहरुमा प्रजनन क्षमता तिब्र रुपले घटेको छ । विश्वको जनसंख्याको दुई तिहाई भाग त्यस्तो क्षेत्रमा परेको छ, जहाँ महिलाहरुको प्रजनन दर २.१ प्रतिशत भन्दा कम छ।

विश्वको जनसंख्या ७ अर्बबाट बढेर ८ अर्ब हुनका लागि १२ वर्षको समय लागेको छ । यद्यपि, अब ८ अर्बबाट ९ अर्ब हुनमा करिब १५ वर्ष लाग्ने छ । यसबाट के कुरा थाहा पाउन सकिन्छ भने विश्वको जनसंख्या वृद्धि दरमा कमी आउन थालेको छ ।

राष्ट्र संघका अनुसार ६१ देशहरु अर्थात क्षेत्रहरुको जनसंख्यामा २०२२ तथा २०५० को बीचमा एक प्रतिशतले कमी आउने अनुमान छ । यसको कारण प्रजनन क्षमतामा निरन्तर कमी आउनु तथा केही प्रसंगमा प्रवासी जीवनको बाध्यता भएको समेत बताइएको छ ।

राष्ट्र संघका अनुसार २०२२ मा विश्वमा सबैभन्दा बढी जनसंख्या भएका दुई क्षेत्र एशियामै छन् । यसमा दक्षिण–पूर्वी एशिया (२.३ अर्ब) तथा मध्य–दक्षिणी एशिया क्षेत्रमा (२.१ अर्ब) जनसंख्या समावेश छन् ।

यी दुई क्षेत्रमा पनि बढी जनसंख्याका कारण चीन तथा भारत हुन् । दुबै देशको जनसंख्याको अनुमान १.४ अर्ब भन्दा बढी भएको गरिएको छ । २०५० सम्म विश्वको जनसंख्यामा हुने बढोत्तरी ९ देशहरुमात्र केन्द्रित हुनेछ । तीनमा भारत, पाकिस्तान, कंगो, मिश्र, इथियोपिया, नाइजेरिया, फिलिपिन्स तथा तान्जानिया छन् ।

जनसंख्या वृद्धि आंशिक रुपले त्यो बेला हुन्छ, जब मृत्यु दरमा कमि आउँछ । वैश्विक स्तरमा हेर्ने हो भने मृत्यदरमा पनि गिरावट आएको छ । २०१९ को गणना अनुसार विश्वमा औषत मृत्युदर ७२.८ प्रतिशत छ ।
(एजेन्सीको सहयोगमा)

प्रकाशित : २०७९ कार्तिक २९ गते १२:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI