हो, छन के भगवान भक्तिभावले नै म बाँचेको हुँ

NAWALPUR TIMES
प्रकाशित : २०७९ मंसिर २२ गते १९:३४
हो, छन के भगवान भक्तिभावले नै म बाँचेको हुँ

मध्यबिन्दु-

सत्ययुग पश्चात धर्म भगवान र भक्तिभाव कम हुदैं गएको ग्रन्थहरु मै उल्लेख छ । युगले फड्को मारेर २१ औ शताब्दी प्रबेश गर्दा विज्ञानको चमत्कारका कारणले भगवान रुपि चमत्कार छायाँमा परेको अनुभूति हुन्छ । त्यसमा पनि नयाँ पुस्ता जबरजस्त जानकार देखिन रुचाउछन, उनिहरुकालागि भगवानको चमत्कार भक्ति भाव मित्था लाग्न सक्छ ।

धार्मिक ग्रन्थहरुमा उल्लेख कथा र बिषयबस्तुले मानव जिवन र प्रकृति संङ्गको आपसि मेललाई जिबन जिउने कलाको रुपमा प्रस्तुत गरेको पाईन्छ । आजको समयमा युवाहरु मानसिक तनाबले गर्दा आफ्नो जिबन समाप्त गरिरहेको धेरै उदाहरणहरु छन, दिमागी चेतनालाई द्रुतगतिमा निर्णय लिएर आत्मदाहा सम्म पुग्नु आजको आहारबिहार पनि मुख्यकारण नै हो ।

बैदिक सनातन धर्मले प्राकृतिक सत्यतामा आधार मानि गणितिय हिसाबमा ज्योतिष शास्त्र देखि योग,ध्यान, कला, तपस्याले जिवनमा बैचारिक उत्साह र आत्मबिश्वासको आयाम थप्ने गर्छ । अवसोच आत्महत्या रोज्नेहरु यी विषयमा जानकार भएर पनि आधुनिक देखिन खोज्दा जिबननै गुमाउने दुर्घटना रोज्न पुग्छन । हामिले दैनिक जिबनमा धन्नै यसो भएन ,भगवानले हातथापेर ,इन्चले गर्दा,झिनो कारणले बाँचे अथवा सफल भए जस्ता बाक्यांश विभिन्न घटनाक्रमलाई धार्मिक विषयवस्तु सङ्ग जोडिरहेका हुन्छौ ।

जो भक्ति भावमा लिप्त हुन्छ जो साधना सङ्ग जोडिएको हुन्छ उसलेनै आफुलाई सत्मार्गमा परिचालन गरेको हुन्छ । त्यो हामि आफै महसुस गर्न सक्छौ । यसको उदाहरण म आफै हुँ किनकी मैले पटकपटक मृत्युलाई नजिकैबाट हेरेको छु । धार्मिक आस्थाकै कारण त्यस्ता बिषम प्ररिस्थितिमा मानसिक रुपमा कुनै तनाव नलिएर सहि समयमा सहि निर्णय लिने प्रेरणा भक्ति भावले नै दिएको हो भन्ने महसुस गरेको छु । किनभने पटक पटक मृत्युको मुखबाट फुत्त निस्किएको छु म ।

सामान्य झगडा,दैनिक जिबनका तनाबलाई थेग्न नसकेर मानिसहरु आत्महत्या गरिरहेका छन । जबकी जस्तो सुकै जटिल परिस्थितिमा आफुलाई बलवान गराउने धर्मका बिभिन्न अवस्था रुपी आश्रमहरु सहजै सदुपयोग गर्न पाउने सनातन हिन्दु धर्मले मार्ग प्रशस्त गरेको छ । धर्मको नाममा बिभिन्न काल खण्ड र घटनाक्रमलाई जोडेर अनर्गल रुपमा हुने प्रचारले केहि वितृष्णा पनि जगाएकै छ,तर पनि धर्मले मानिसलाई जिउने कला सिकाउँछ । यसकारण पनि वैदिक धर्मलाई संरक्षण र सम्बर्द्धन गर्दै सभ्य र अनुशासित समाजको निर्माण गर्न नयाँ पिढि नलागे सम्म देशको बिकास र सम्बृद्वि नआउने कुरा प्रस्ट छ ।

किनभने ब्यक्ति स्वयम अनुशासित नहुँदा सम्म उसको बिकाश र समृद्धि सम्भब छैन भने समाज र देशको पनि सन्दर्भ उस्तै नै हो । ७५%संस्कृत बाङमयको स्रोत नेपाललाई मानिए पनि पनि देशले कुनै फड्को मार्न नसकेको धुर्ब सत्य हो । यसको पछाडि केहि धर्मको नाममा बिभाजन ल्याउने तत्वहरु खेल्न पाउने परिस्थिति सृजना हुनु देशको अस्थिर राजनिति पनि हो । अन्तराष्ट्रिय रुपमा हेर्दा बिभिन्न बिकशित राष्ट्रहरुमा आज संस्कृत पठनपाठन चलिरहेको छ । चिन्ता त यो लाग्छ कि, यसरी नै हाम्रो समाज अगाडि बढे कतै हाम्रा सन्ततिहरु संस्कृत शिक्षा आर्जन गर्न बिदेशिने दिन त आउने होईन ।

देखासिकि र प्रलोभनले गर्दा हाम्रो अस्तित्व समाप्त हुने त हुने होईन भन्ने डरले डेरा सायदै मेरो जस्तै अरुको मनमा पनि जमाईरहेकै छ होला । गौमातालाई राष्ट्रिय जनावरको रुपमा हेर्न नसक्ने र गौ माता लाई आहारको रुपमा मान्यहरुलाई पनि थाहा छ नै कि,गाईको गहुँतलाई औषधिको रुपमा त्यो पनि १ भाग गहुँतमा १० भाग पानि मिश्रण गरि खेतिपाति बालि नालीमा गरेको प्रयोगले,गाईको गोबरले लिपेको ठाउँमा हुने शुद्धता ,गाईले सुघेर थाहा पाउने क्षमता हेर्दा गौ संरक्षण र धार्मिक उपयोगिता प्रस्ट हुन्छ नै ।

त्यसैले सनातन हिन्दु धर्मलाई जोगाउदै यसबाट हामिले फाईदा लिन सकियो भने मात्रै यो देशमा अहिले हावी हुँदै गएको कचिङ्गल हट्न सक्छ । अर्को तर्फ सनातन धर्म सङ्ग सम्बन्धित बिभिन्न मौलिक बाजा संस्कृति झल्किने नाटक नाच गानको पनि आफ्नै महत्व छ, जातिय सद्भावलाई नाटकिय शैलिमा बिभेद बनायर पनि समस्या उत्पन्न भयको देखिन्छ ।

कामको आधारमा गरिएको बर्गिकरण र नामाकरणलाई अतिरन्जित बनाउनु पनि धर्म बिरोधि कार्यहरु हुन, जसलाई निरुत्सहित गर्नु पर्ने नाममा डलरको खेतिले बिगारेको पनि प्रस्टै छ ।

दुखद त यो पो छ कि, हामिले चलाउने धर्मिक apps हरु पनि बिदेशिले कब्जा गरेर ब्यवसायको रुपमा चलाईरहेको पाईन्छ । त्यसैले अब सबै सनातन धर्मावलम्बी आफ्नो धर्म बचाउन मात्र होईन,क्षयिकरण हुँदै गएको समाज पनि बचाउन चनाखो हुन आवश्यक छ ।

किनभने जब सम्म हाम्रो सनातन धर्म संरक्षण र सम्बर्द्धन हुन सक्दैन, हाम्रो समाजको बिकास पनि सोचेजस्तो हुन सक्दैन भन्नू अत्युक्ति नहोला ।

प्रकाशित : २०७९ मंसिर २२ गते १९:३४
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI