काँग्रेस नेता चन्द्र भण्डारी खतरामुक्त

NAWALPUR TIMES
प्रकाशित : २०७९ फागुन ७ गते ८:२८
काँग्रेस नेता चन्द्र भण्डारी खतरामुक्त

कावासोती । आगलागीको घटनामा घाइते भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी खतरामुक्त रहेका छन् ।

भण्डारीको उपचारका लागि दिल्ली पुगेका योगराज कंडेलले सबै कुराहरु नर्मल रहेको भन्दै प्रशन्नता व्यक्त गरेका छन् ।

उनले डाक्टरहरूको मेहनतले अव ढुक्क भइरहेको भन्दै छिट्टै स्वदेश फर्किने बताएका छन् ।

बुधबार बुद्धनगरस्थित निवासमा भएको ग्यास सिलिन्डर लिक भएर भएको आगलागीमा भण्डारी घाइते भएका थिए ।

प्रकाशित : २०७९ फागुन ७ गते ८:२८

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI