सन्दीप आईसीसी विश्वकप लिग २ खेल्न युएई उडे

NAWALPUR TIMES
प्रकाशित : २०७९ फागुन १७ गते १५:४८
सन्दीप आईसीसी विश्वकप लिग २ खेल्न युएई उडे

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने आईसीसी विश्वकप लिग २ खेल्न युनाइटेड अरब इमिरेट्स (यूएई)  प्रस्थान गरेका छन्।

सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले उनको फ्लाइट तीन बजे रहेको र अहिले उडिसकेको बताएका हुन्।

उनले भने, ‘हामीले अदालतमा सकाउनु पर्ने कामहरु करिब १ बजे सकाएका थियौँ। त्यसपछि सन्दीप एयरपोर्ट गएका हुन्। उनीसँग एक जना क्यानका सदस्य पनि गएका छन्। उनले भोलिको म्याच खेल्ने छन्।’

भोलि नेपाल र युएई बिच आईसीसी विश्वकप लिग २ को खेल हुँदैछ। यदि सन्दीपलाई आईसीसीले खेल्ने अनुमति दिएमा भोलिको खेल खेल्नसक्ने भएकाले आझै सन्दीप युएई गएका हुन्।

आइसिसी विश्वकप  लिग–२ अन्तर्गतको युएईमा हुने ४ मध्ये तीन खेल बाँकी रहेको छ। एक खेलमा नेपालले पपुवा न्यूगिनीलाई हराईसकेको छ। यो श्रृखलाको अन्तिम ४ खेल भने नेपालमै हुनेछ।

प्रकाशित : २०७९ फागुन १७ गते १५:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI