हुप्सेकोटमा एकै दिन तिन सय वटा फूलका विरुवा रोपियो

NAWALPUR TIMES
प्रकाशित : २०८० वैशाख १७ गते १७:३८

१७ वैशाख, नवलपुर ।
नवलपुरमा एकै दिन तिन सय फूलका विरुवा रोपिएको छ । जिल्लाको हुप्सेकोट गाउँपालिका स्थित झरना खोलामा उक्त संख्यामा फूलका विरुवा रोपिएको हो । पछिल्लो समय झरना खोला गाउँमा पर्यटकीय स्थलमा रुपमा चिनिदै गएको प्राकृतिक झरना वरिपरिका संरचनाका स्थलमा विभिन्न जातका पाँच हजार फूलका विरुवा रोपिएको झरना खोला संरक्षण समितिका अध्यक्ष सागर गाहाले बतााउनु भयो ।

उहाँका अनुसार कावासोती नगरपालिका २ निवासी ईश्वर सापकोटाको सहयोगमा करिब पाँच हजार बराबरका फूलका विरुवा रोपिएको छ । उक्त स्थानलाई सुन्दर र हराभरा बनाउनका लागि विभिन्न जातका फूलका विरुवा रोपिएको जनाइएको छ । वृक्षरोपणका लागि स्थानिय ७० जनाले श्रमदान गरेका थिए । पछिल्लो समय प्राकृतिक झरनामा दैनिक ५० जनाको हाराहारीमा आन्तरिक तथा वाह्य पर्यटन आउने गरेको समितिले जनाएको छ ।

मगर समुदायको वाहुल्यता रहेको त्यस स्थानमा प्राकृतिक झरना खोलाले आर्थिक तथा सामाजिक पक्षलाई सकारात्मक प्रभाव पारिरहेको स्थानियहरुले बताएका छन् । त्यहाँ मगर समुदायको मौलिक खाना , नाच संस्कार संस्कृतिक लगायतका पक्षहरु संरक्षण हुनुका साथै जनचेतनाको स्तर समेत बढेको पाइएको छ ।

प्रकाशित : २०८० वैशाख १७ गते १७:३८

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI