कृषिमा हाल सम्मकै धेरै बजेट : यस्ता छ्न कृषि बजेटका प्रमुख विषेशताहरु

NAWALPUR TIMES
प्रकाशित : २०८० जेठ १५ गते १९:३६
कृषिमा हाल सम्मकै धेरै बजेट : यस्ता छ्न कृषि बजेटका प्रमुख विषेशताहरु

काठमाडौं । सरकारले कृषि तथा पशुपन्छी विकासका लागि हालसम्मकै धेरै बजेट विनियोजन गरेको छ । संसदमा आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले सो क्षेत्रका लागि ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको बताए ।

चालु आर्थिक वर्ष २०७९/८० मा सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५५ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । जुन गत आवको तुलनामा ३ अर्ब ९ करोड रुपैयाँले धेरै हो । सरकारले यो वर्ष रासायनिक मलको अनुदान पनि दोब्बर बनाएको छ ।

यस्तो छ पछिल्लो १० वर्षको कृषि क्षेत्रको बजेट

आव २०७०/७१ –२१ अर्ब ४० करोड

आव २०७१/७२ –२३ अर्ब २८ करोड

आव २०७२/७३ –२१ अर्ब ५१ करोड

आव २०७३/७४ –२७ अर्ब ४३ करोड

आव २०७४/७५ –२४ अर्ब २६ करोड

आव २०७५/७६ –२९ अर्ब ९४ करोड

आव २०७६/७७ –३४ अर्ब ८३ करोड

आव २०७७/७८ –३७ अर्ब ४० करोड

आव २०७८/७९ –४५ अर्ब ०५ करोड

आव २०७९/८० –५५ अर्ब ८९ करोड

यी हुन् कृषि बजेटका प्रमुख विशेषताः

पशुपन्छीको महामारी नियन्त्रणका लागि स्वदेशमै भ्याक्सिन उत्पादन गरिने ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि बजेट ५८ अर्ब ९८ करोड बजेट विनियोजन ।

जीडीपीमा कृषि क्षेत्रको योगदान बढाइने ।

गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने ।

१०० स्थानीय तहमा धान र आलु खेती विस्तार गरिने ।

रासायनिक मलमा दोब्बर बजेट ।

मल, बिउ र बिमा बाहेकका सबै कृषि अनुदान अब उत्पादन पछि मात्रै ।

धरान, सिन्धुली, धनुषा, सिरहा र सुर्खेतका थोक तरकारी बजारमा विषादी परीक्षण प्रयोगशाला खोलिने ।

उत्कृष्ट किसानलाई कृषकलाई ‘राष्ट्रपति उत्कृष्ठ किसान’ सम्मन दिइने ।

एक सय स्थानिय तहमा पोषिलो घाँसे बाली विकास गरिने ।

कृषिमा पनि युवा स्टार्टअब विकास गरिने कृषिमा युवा परिचालन गर्न एक अर्ब २० करोड बजेट ।

कृषि बीमामा बजेट विनियोजन ।

किसानको बाली बाँदर लगायतका जंगली जनावरबाट बचाउन तारबार गर्न बजेट बिनियोजन ।

 

प्रकाशित : २०८० जेठ १५ गते १९:३६

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI