नवलपुर सहित ६ जिल्लामा ट्रमा केयर सेन्टर स्थापना गरिने

NAWALPUR TIMES
प्रकाशित : २०८० जेठ १५ गते २०:१२
नवलपुर सहित ६ जिल्लामा ट्रमा केयर सेन्टर स्थापना गरिने

कावासोती  । सरकारले ६ जिल्लामा प्राथमिक ट्रमा केयर सेन्टर स्थापना  गर्ने भएको छ।

अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै  कैलालीको लम्की, रुपन्देहीको सालझण्डी, नवलपरासी पश्चिमको वर्दघाट, नवलपुरको गैंडाकोट, सिन्धुलीको भीमान र धादिङको बेल्खुमा नजिकको सरकारी अस्पतालसँगको समन्वयमा प्राथमिक ट्रमा केयर सेन्टर स्थापना गरी सञ्चालनमा ल्याइने बताए।

यस्तै राष्ट्रिय ट्रमा सेन्टरको क्षमता विकासका लागि बजेट व्यवस्था गरेको उनले बताए।

प्रकाशित : २०८० जेठ १५ गते २०:१२

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI