आर्थिक वर्ष २०८०/८१ को बजेटमा नवलपुर

NAWALPUR TIMES
प्रकाशित : २०८० जेठ १५ गते २१:३४
आर्थिक वर्ष २०८०/८१ को बजेटमा नवलपुर

कावासोती । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट विनियोजन गरेका छन्।

अर्थमन्त्री महतले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन गरेको बजेटमा कावासोती-३ मा बन्ने भनिएको एकीकृत नमूना सदरमुकामको आर्थिक वर्ष २०८०/८१बाट निर्माणको काम सुरु हुने उल्लेख गरिएको छ । यसै गरि बजेटमा कावासोतीमा तरकारी को विषादी तथा दुग्ध परिक्षण प्रयोगशाला स्थापना गरिने ,  धौवादी फलाम खानीको उत्खनन कार्य प्रारम्भ गर्ने बताइएको छ ।

बजेटमा जिल्लाको गैँडाकोटमा प्राथमिक ट्रमा केयर सेन्टर स्थापना गरिने, कालीगण्डकी करिडोरको गैँडाकोट–राम्दी– बागलुङ खण्ड र बेनी–जोमसोम–कोरोला खण्ड गरी थप ६० किलोमिटर सडक कालोपत्रे गरी स्तरोन्नती गरिने, देवघाट र त्रिवेणीधाम संरक्षण तथा पूर्वाधार विकास एवं सौन्दर्यीकरण गरिने उल्लेख गरिएको छ

नारायणगढ–बुटवल सडकखण्डको विस्तार तथा स्तरोन्नती कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बजेटमा उल्लेख छ । नारायणी नदीमा सिग्नेचर पुल निर्माण कार्य शुरु गरिने तथा नारायणी तटबन्धको कामलाई अगाडि बढाईने तथा किनारको जग्गामा आकर्षण उद्यान निर्माण र सौन्दर्यीकरण गर्न रकम विनियोजन गरिएको अर्थमन्त्री द्वारा प्रस्तुत बजेटमा उल्लेख गरिएको छ

प्रकाशित : २०८० जेठ १५ गते २१:३४

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI