हुप्सेकोटमा जग्गा धनी प्रमाणपुर्जा वितरणको काम अन्तिम चरणमा

NAWALPUR TIMES
प्रकाशित : २०८० जेठ २९ गते १८:२०
हुप्सेकोटमा जग्गा धनी प्रमाणपुर्जा वितरणको काम अन्तिम चरणमा

कावासोती । राष्ट्रिय भूमि आयोग नवलपुरले हुप्सेकोट गाउँपालिकाको वडा नं २ मा  बसोबास गर्ने भुमिहिन सुकुम्बासी र दलित १ सय १० घरपरिवारलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गर्ने भएको छ ।

पहिलो चरणमा गाउँपालिकाको वडा नं २ रहेका १ सय १० जना भुमिहिन दलित र सुकुम्बासीहरुलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गर्ने अन्तिम तयारी रहेको राष्ट्रिय भूमि आयोग नवलपुरका अध्यक्ष तारापती खरेलले जानकारी दिएका छ्न ।

अध्यक्ष खरेलका अनुसार पहिलो चरणमा हुप्सेकोटको वडा नं २ मा रहेका १ सय १० भुमिहिन दलित र सुकुम्बासी परिवारले भोगचलन गर्दै आएको न्युनतम ७ धुर देखि करिब ६ कट्ठा सम्म कृषि योग्य जमिनको जग्गा धनी प्रमाण पुर्जा पाउने भएका हुन ।जग्गा धनि प्रमाण पुर्जा र श्रेष्तामा हस्ताक्षर गरेर प्रमाणिकरणको काम अन्तिम चरणमा पुगेको अध्यक्ष खरेलले बताए ।

अध्यक्ष खरेलका अनुसार आगामी असार १ गते संघीय सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीको प्रमुख आतिथ्यतामा जग्गा धनी प्रमाणपुर्जा वितरणको कार्यक्रम आयोजना गरिएको छ ।

 

प्रकाशित : २०८० जेठ २९ गते १८:२०

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI