नारायणीमा डुबेर भारतीय तीर्थयात्रुको निधन

NAWALPUR TIMES
प्रकाशित : २०८० असार १ गते १७:३४
नारायणीमा डुबेर भारतीय तीर्थयात्रुको निधन

कावासोति । नारायणी नदीमा डुबेर शुक्रबार मध्याह्न चितवन देवघाटमा एकजना भारतीय तीर्थयात्रुको निधन भएको छ । मृत्यु हुनेमा भारत अयोध्याका २२ वर्षका प्रदीप शर्मा रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

भारतीय नम्बर प्लेटको युपी ६२ एपी ९६९६ नम्बरको बस चढेर आएका ५० जना तीर्थयात्रु शुक्रबार दिउँसो १ बजेतिर स्नान गर्न देवघाट नारायणी नदीमा गएका थिए । त्यो बेला बगेका शर्माको साढे १ बजेतिर नदीमा शव फेला परेको डिएसपी पण्डितले बताए ।

प्रकाशित : २०८० असार १ गते १७:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI