हुप्सेकोटमा विद्यालय नर्स कार्यक्रम सुरु गरिने

NAWALPUR TIMES
प्रकाशित : २०८० असार ९ गते १७:०७
हुप्सेकोटमा विद्यालय नर्स कार्यक्रम सुरु गरिने

कावासोती । नवलपुरको हुप्सेकोट गाउँपालिका मा आगामी आर्थिक वर्ष देखि विद्यालय नर्स कार्यक्रम सुरु गरिने भएको छ ।

गाउँपालिकाकी अध्यक्ष लक्ष्मी देवि पाण्डेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष देखि प्रदेश सरकारको सहकार्यमा गाउँपालिकाका विद्यालयहरुमा विद्यालयम नर्स कार्यक्रम सुरु गरिने जानकारी दिएकी हुन । त्यसैगरी नीति तथा कार्यक्रममा विद्यालयमा आधारभुत स्वास्थ्य सेवा पुर्‍याउने कार्यक्रम समेत सुरु गरिने अध्यक्ष पाण्डेले जानकारी दिएकी हुन ।

अध्यक्ष पाण्डेले प्रस्तुत गरेको गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम गाउँसभाले पास गरेको छ ।

प्रकाशित : २०८० असार ९ गते १७:०७

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI