मध्यविन्दुमा करेन्ट लागेर वृद्धको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८० असार १८ गते ८:२५
मध्यविन्दुमा करेन्ट लागेर वृद्धको मृत्यु

कावासोती । नवलपुरमा करेन्ट लागेर ७४ वर्षीय वृद्धको मृत्यु भएको छ ।

जिल्लाको मध्यविन्दु नगरपालिका वडा नं १४ का ७४ वर्षीय वृद्ध मानविर सोमैको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रहरीका अनुसार आईतबार साँझ गोठालो गएर फर्कने क्रममा गोरे भञ्ज्याङ भन्ने स्थानमा भुईमा लत्रिएको बिजुलीको तारबाट करेन्ट लागेर सोमैको मृत्यु भएको हो ।

मृतक सोमैको शवलाई पोस्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल ल्याईएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८० असार १८ गते ८:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI