नवलपुरमा ३.६ देखि ४ जीपीए प्राप्त गर्ने को संख्या २ सय ९४

NAWALPUR TIMES
प्रकाशित : २०८० असार २१ गते १८:५५
नवलपुरमा  ३.६ देखि ४ जीपीए प्राप्त गर्ने को संख्या २ सय ९४

कावासोती । नवलपुरमा २ सय ९४ जनाले मात्रै ३.६ देखि ४ जीपीए प्राप्त गरेका छ्न ।

जिल्लाबाट एसईई परीक्षामा सहभागि ६ हजार १ सय ७९ विद्यार्थी मध्ये ४.७५ प्रतिशत विद्यार्थीले मात्र गरे३.६ देखि ४ जिपिए प्राप्त गरेका शिक्षा विकास तथा समन्वय ईकाई नवलपुरका प्रमुख रुद्र शर्माले बताए । २ सय ९४ जना मध्ये २ सय ४६ जना साधारण तथा संस्कृत विद्यालयका र ४८ जना प्राविधिक धारका विद्यालयका विद्यार्थी हुन ।

जिल्लामा गत वर्ष ६ हजार ३ सय ९८ विद्यार्थी परीक्षामा सहभागि मध्य१७४ जनाले मात्र ३.६ देखि ४ जीपीए प्राप्त थिए ।

ईकाई प्रमुख शर्माका अनुसार ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ७ सय ८२  र २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ११ सय ६३, २.४ देखि २. ८ जीपीए ल्याउनेको संख्या १३ सय ८४ जना रहेको छ । त्यसै गरि सबैभन्दा धेरै २ देखि २.४ जीपीए ल्याउने विद्यार्थी छन् । उनीहरुको संख्या १४ सय ३० रहेको छ ।

जिल्लामा १.६ देखि २.० जीपीए ल्याउनेको संख्या १ हजार ६४ जना, १.२० देखि १.६० जीपीए ल्याउने २ सय ६२ र ०.८० देखि १.२० जीपीए ल्याउनेको संख्या ११ रहेको छ ।

प्रकाशित : २०८० असार २१ गते १८:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI