शिक्षकहरुका लागि शैक्षिक सामाग्री प्रतियोगिता गर्दै कावासोती नगरपालिका

NAWALPUR TIMES
प्रकाशित : २०८० असार २२ गते ८:४७
शिक्षकहरुका लागि शैक्षिक सामाग्री प्रतियोगिता गर्दै कावासोती नगरपालिका

कावासोती । नवलपुरको कावासोती नगरपालिकाले शैक्षिक सामाग्री निर्माण प्रतियोगिता आयोजना गर्न भएको छ ।

नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुद्वारा निर्मित शैक्षिक सामाग्रीलाई नगर स्तरीय प्रतिस्पर्धामा मुल्यांकन गरेर पुरस्कृत गरिने नगरपालिकाको शिक्षा शाखाका शाखा अधिकृत राजन पाण्डेले जानकारी दिए ।

नगरपालिकाले यहि असार ३१ गते सम्म शिक्षकद्वारा निर्मित शैक्षिक सामाग्री शिक्षा शाखामा पेस गर्न सूचना गरेको छ ।

सूचना भनिए अनुसार उत्कृष्ट हुने शैक्षिक सामाग्रीलाई नगर स्तरीय प्रदर्शनीमा राखिने , उत्कृष्ट शैक्षिक सामाग्री निर्माण गर्ने शिक्षकलाई पुरस्कृत गरिने तथा नगर स्तरीय शैक्षिक सामाग्री निर्माणका लागि आयोजना गरिने तालिम तथा कार्यशालामा विज्ञको रुपमा स्थान दिईने छ ।

प्रकाशित : २०८० असार २२ गते ८:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI