गण्डकी नामाकरणको पाँच वर्ष पूरा: आधिकारिक मान्दैनन पहिचानवादीहरु

NAWALPUR TIMES
प्रकाशित : २०८० असार २२ गते २०:२४
गण्डकी नामाकरणको पाँच वर्ष पूरा: आधिकारिक मान्दैनन पहिचानवादीहरु

प्रदेश नम्बर चारको गण्डकी प्रदेश नामाकरण भएको शुक्रबार पाँच वर्ष पूरा भएको छ । तमुवान मगरात इतिहासलाई वेवास्ता गरी कपटपूर्ण तरिकाले गण्डकी प्रदेश नामाकरण गरिएको प्रति विभिन्न राजनिति दल , भातृसंगठन , जातिय संगठनले पुनः घोर आपत्ती दोहोर्याएका छन् । शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै जनता समाजवादी नेपाल गण्डकी प्रदेश , तमुवान राष्ट्रिय समिति , मगरात राष्ट्रिय समन्वय समितिले संयुक्त रुपमा आपत्ति जनाएका हुन् ।

तमू तथा मगर समुदाय लगायत ए‌ैक्यवद्धता जनाएका विभिन्न संघसंगठनले असार २२ गतेका दिन कालो दिनका रुपमा कंलकित हुँदै आएकोमा सो बाट मुक्त हुन अनुरोध गरेका हुन ।

जनता समाजवादी नेपाल गण्डकी प्रदेशका अध्यक्ष गोपाल गुरुङ , तमुवान राष्ट्रिय समितिका मन वहादुर गुरुङ , मगरात राष्ट्रिय समन्वय समितिका इन्चार्ज महेन्द्र जिसी र तमुवान राष्ट्रिय समितिका इन्चार्ज रुद्र वहादुर गुरुङले हस्ताक्षर गरेको प्रेस विज्ञप्तीबाट प्रदेशको नामाकरण परिवर्तन गर्न जोडदार माग गरिएको हो ।

प्रकाशित : २०८० असार २२ गते २०:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI