पश्चिम नवलपरासीमा देवरले गरे आफ्नै भाउजूको हत्या

NAWALPUR TIMES
प्रकाशित : २०८० असार २५ गते १४:०२
पश्चिम नवलपरासीमा देवरले गरे आफ्नै भाउजूको हत्या

परासी-जग्गाको विषयमा विवाद हुँदा पश्चिम नवलपरासीमा एक युवाले आफ्नै भाउजूको हत्या गरेका छन् । जिल्लाको रामग्राम नगरपालिका-१० मन्झरियाका २७ वर्षीय चन्दन चौधरीले २५ वर्षीया भाउजू मीरा चौधरीको हत्या गरेका हुन् ।

आइतवार साँझ जग्गाको विषयमा विवाद हुँदा चन्दनले भाउजू मीराको टाउकोमा मोटरसाइकलको सकरले प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार चन्दनले प्रहार गरेको सकरले चोट लागेर गम्भीर घाइते भएकी मिरालाई पृथ्वी चन्द्र अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेज ल्याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

चन्दनलाई आइतवार रातिनै पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रकाशित : २०८० असार २५ गते १४:०२

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI