नेपाल ट्रेड यूनियन काँग्रेस नवलपुरले पाँच बुँदे मागसहित श्रम मन्त्रालयलाई ज्ञापन पत्र

NAWALPUR TIMES
प्रकाशित : २०८० असार २८ गते १७:०३
नेपाल ट्रेड यूनियन काँग्रेस नवलपुरले पाँच बुँदे मागसहित श्रम मन्त्रालयलाई ज्ञापन पत्र

२८ असार , नवलपुर ।
नेपाल ट्रेड यूनियन काँग्रेस नवलपुरले प्रमुख जिल्ला अधिकारीमार्फत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ज्ञापन पत्र बुझाएका छन् । विहिबार नेपाल ट्रेड यूनियन काँग्रेस नवलपुरका अध्यक्ष गंगाधर सुवेदीको नेतृत्वमा गएको टोलीले पाँच बुँदे मागसहित श्रम मन्त्रालयलाई प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठमार्फत ज्ञापन पत्र बुझाएका हुन् ।

उनीहरुले न्यूनतम पारिश्रमिक २५ हजार कायम गर , योगदानमा आधारित सामाजिक सुरक्षा अनिवार्य लागू गर , स्थानिय तहमा श्रमिकहरुको पञ्जिकरण गर , श्रम आयोग गठन गर , निति निर्माण तहमा श्रमिकको र प्रतिनिधित्व व्यवस्था गर माग गरेका छन् । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले श्रमजिविहरुको माग सम्बोधन हुने गरी यथाशिघ्र उक्त पत्र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाउने बताउनु भयो ।

 

आकासिदो वर्तमान अवस्थामा सबै क्षेत्रका श्रमिकहरुलाई एकरुपता कायम हुने गरी न्यूनतम पारिश्रमिक २५ हजार निर्धारण नभए श्रमजिवीहरुको हकहित र अधिकारका लागि नेपाल ट्रेड यूनियन काँग्रेस कडा भन्दा कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।

प्रकाशित : २०८० असार २८ गते १७:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI