नगरपालिकालाई व्यवसाय कर नबुझाउन देवचुली उद्योग वाणिज्य संघको आह्वान

NAWALPUR TIMES
प्रकाशित : २०८० साउन ५ गते ११:०९
नगरपालिकालाई व्यवसाय कर नबुझाउन देवचुली उद्योग वाणिज्य संघको आह्वान

कावासोती । देवचुली नगरपालिकाले आर्थिक वर्ष ०८०/८१ मा ५० प्रतिशत देखि ५०० प्रतिशत सम्म व्यवसाय कर वृद्धि गरेको भन्दै देवचुली उद्योग वाणिज्य संघले करको दर पुनरावलोकन नभए सम्मका लागि कर नबुझाउन व्यवसायीलाई आह्वान गरेको छ ।

देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सुर्यप्रसाद दवाडी र महासचिव विनोद सिलवालले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै व्यवसायीलाई कर नबुझाउन आह्वान गरेका हुन ।

देवचुली उद्योग वाणिज्य संघद्वारा जारी विज्ञप्तिमा देवचुली नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को व्यवसाय कर ५० % देखी ५०० % सम्म वृद्धि गर्नु हालको विषम परिस्थितीमा अत्यन्त अव्यवहारिक रहेको भनिएको छ । साथै विज्ञप्तिमा देवचुली नगरपालिका व्यवसायी प्रति अनुत्तरदायी देखियको महसुस गरिएको भन्दै हाललाई वृद्धि भएको वृद्धि कर दर पुनरावलोकन नभए सम्म आर्थिक वर्ष २०८०/०८१ को ब्यवसाय कर नबुझाउन सम्पुर्ण व्यवसायीलाई आह्वान गरिएको छ ।

प्रकाशित : २०८० साउन ५ गते ११:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI