कावासोतीमा अनलाइन मार्फत वडाबाटै योजना सम्झौता

NAWALPUR TIMES
प्रकाशित : २०८० साउन ५ गते १५:१२
कावासोतीमा अनलाइन मार्फत वडाबाटै योजना सम्झौता

कावासोती । कावासोती नगरपालिकामा चालू आ.व देखि योजना सम्झौताको काम वडाबाट हुने भएको छ ।

अनलाइनबाट नगरपालिकाले विकास गरेको सफ्टवेयर मार्फत उपभोक्ता समिति गठन गरेर गरिने सबै कामको वडामा सम्झौता हुने प्रणालीको विकास गरिएको याेजना शाखाका प्रमुख दिनेश भण्डारीले जानकारी दिए । वडाबाटै सबै कामसकेपछि भुक्तानीकाे चरणमा अन्तिममा नगरपालिका आए हुने शाखा प्रमुख भण्डारीले बताए ।

उनका अनुसार यस्का लागि नगरपालिकाले वडाका जनप्रतिनिधि र वडा सचिबहरुलाई तालिम दिएको छ।

प्रकाशित : २०८० साउन ५ गते १५:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI