३ सय बढी शिक्षकको सहभागीतामा शैक्षिक सामाग्री निर्माण तथा प्रस्तुति प्रतियोगिता

NAWALPUR TIMES
प्रकाशित : २०८० साउन ६ गते २१:४७
३ सय बढी शिक्षकको सहभागीतामा शैक्षिक सामाग्री निर्माण तथा प्रस्तुति प्रतियोगिता

ककावासोती । कावासोती नगरपालिकाको आयोजनामा शनिबार कावासोतीको शिव नमूना माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री निर्माण तथा प्रस्तुति प्रतियोगिता सम्पन्न भएको छ ।

नगरको शिक्षा शाखाद्वारा आयोजना गरिएको प्रतियोगिता नगर भित्रका सामुदायिक र संस्थागत गरेर ४२ विद्यालयका ३ सय जना शिक्षकहरुले सहभागीता जनाएको कावासोती नगरपालिकाका स्रोत शिक्षक तिर्थराज कंडेलले जानकारी दिए ।

नेपाली, अग्रेजी, गणित, विज्ञान, सामाजिक विषय र मन्टेश्वरी विधामा आयोजना गरिएको प्रतियोगितामा नगर भित्रका ३ सय शिक्षकले निर्माण गरेका शैक्षिक सामाग्रीलाई प्रतियोगिको रुपमा प्रदर्शन गरिएको थियो ।

सिकाईलाई दिगो र रुचिकर बनाउदै घोकन्ते सिकाईलाई  गरेर सिक्ने सिपमा रुपान्तरण गर्नका लागि र गरेर सिक्ने र गरेर सिकाउने र सिकाईलाई रहर लाग्दो र दिगो बनाउनका लागि प्रतियोगिता आयोजना गरिएको कावासोती नगरपालिकाका शिक्षा शाखाका शाखा अधिकृत राजन पाण्डेले बताए ।

प्रतियोगितामा सामाजिक विषय तर्फ नवदुर्गा आधारभुत विद्यालयकी खुमा पोख्रेल प्रथम, शिव नमूना मावी कि धना डुम्रे द्वितीय, गण्डकी बोर्डिङ स्कुलका प्रकाश भुसाल तृतीय र गोसाईबाबा आधारभुत विद्यालयकी युवा कुमारी लम्साल र त्रिभुवन बाल माध्यमिक विद्यालयकि लिला रेग्मीले सान्त्वना स्थान हात पारे ।

त्यसै गरि अग्रेजी विषय तर्फ लुम्बिनी आवासीय माध्यमिक विद्यालय कि सुदिक्षा तामङ प्रथम, त्रिभुवन बाल माध्यमिक विद्यालयका दान बहादुर महतो द्वितीय, सरस्वती मा वि गोछडाका होमराज महतो तृतीय, शिव नमूना मावीका अर्जुन जंग रायमाझी र जनता मावि विष्णुनगरकी कुन्तामाया खोजुवारले सान्त्वना स्थान हासिल गरेका छ्न ।

नेपाली विषय तर्फ त्रिभुवन बाल माध्यमिक विद्यालयका ठाकुरप्रसाद सिग्देल प्रथम, जनता माध्यमिक विद्यालय त्रिभुवनटारका शत्रुघन बर्मा द्वितीय, शान्ति प्राविकि माया शर्मा तृतीय, गण्डकी बोर्डिङ स्कुलकी सिर्जना पाठक र सेन्टपोल बोर्डिङ स्कुलकी सपना महतोले तृतीय स्थान हासिल गरे ।

विज्ञान विषयमा जनता माध्यमिक विद्यालयका सरोज पाठक प्रथम, जनता माध्यमिक विद्यालय विष्णुनगर कि दिपिका सापकोटा द्वितीय, त्रिभुवन बाल माध्यमिक विद्यालयका शंकर भट्टराई तृतीय, गण्डकी बोर्डिङ स्कुलका कृष्ण पोख्रेल र नारायणी प्रावि कि कमलाकुमारी महतोले तृतीय स्थान हासिल गरे ।

गणित विषय तर्फ शान्ति निकुञ्ज माध्यमिक विद्यालयका प्रकाश सुवेदी प्रथम,
गण्डकी बोर्डिङ स्कुलका बिरबहादुर केसी द्वितीय, त्रिभुवन बाल माध्यमिक विद्यालयका दिनेश शर्मा र जनता माध्यमिक विद्यालय विष्णुनगरका नारायण श्रेष्ठ तृतीय र जनकल्याण माध्यमिक विद्यालयका हरिबहादुर आले र सरस्वती माध्यमिक विद्यालय गोछ्डाकि पार्वती पौडेल तृतीय भएका हुन ।

त्यसै गरि मन्टेश्वरी तर्फ गृनलयाण्ड मण्टेश्वरीकि राधा शर्मा प्रथम, नोबेल एकेडेमी कि मालती कंडेल द्वितीय , शिव नमूना माविकी बालकुमारी भुसाल तृतीय,गृनलयाण्ड मण्टेश्वरीकि सुबेक्षा लम्साल र आईन्स्टाईन बोर्डिङमा स्कुल कि रेश्मा पन्थीले तृतीय स्थान हासिल गरेका छन ।

प्रतियोगिताको उदघाटन सत्र कावासोती नगरपालिका वडा नं २ का वडा अध्यक्ष एवं शिव नमुना माध्यमिक विद्यालयका अध्यक्ष शिव पाण्डेको अध्यक्षता र कावासोती नगरपालिकाका नगरप्रमुख विष्णुप्रसाद भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रकाशित : २०८० साउन ६ गते २१:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI