पुरानो कावासोतीमा घरबाटै मोटरसाइकल चोरी

NAWALPUR TIMES
प्रकाशित : २०८० साउन २० गते २०:२४

२० साउन , नवलपुर ।
नवलपुरमा घरबाटै मोटरसाइकल चोरी भएको छ । जिल्लाको कावासोती नगरपालिका ३ पुरानो कावासोतीबाट मोटरसाईकल गएराती चोरी भएको हो । स्थानीय खर नारायण महतो ( साजन ) ले आफ्नै घरमा राखेको गण्डकी प्रदेश ०४-००१ प १९१८ नम्बरको पल्सर  मोटरसाइकल चोरी भएको हो ।

बेलुका हेण्डिल लक गरेर बरन्डामा राखेको मोटरसाइकल बिहान उठ्दा नभएकाले चोरी भएको थाहा पाएको महतोले बताउनु भयो । ” राती कामबाट आएपछि १२ बजेतिर हेण्डिल लक गरेर राखेको थिए , राती २ बजेसम्म त्यही थियो , बिहान उठेर निस्कदा बाइक नै छैन , चाबी म संग नै छ , राती चोरी भएछ ।”

 

प्रकाशित : २०८० साउन २० गते २०:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI