गुडिरहेको जीपमाथि खस्यो ढुंगा, चालकसहित तीन जना घाइते

NAWALPUR TIMES
प्रकाशित : २०८० साउन २२ गते ८:४०
गुडिरहेको जीपमाथि खस्यो ढुंगा, चालकसहित तीन जना घाइते

कावासोती । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा मन्दिर नजिक गुडिरहेको जीपमाथि ढुंगा खसेर किच्दा तीन जना घाइते भएका छन् ।

बुटवलबाट पाल्पा जाँदै गरेको लु २ च २८४९ नम्बरको जीपमाथि तिनाउ गाउँपालिका–३ मा पहिरोको ढुंगा खस्दा चालकसहित तीन जना घाइते भएका हुन् । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार घाइते तीनै जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८० साउन २२ गते ८:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI