कावासोती-१७ मा आगलागी हुँदा डेढ लाखको धनमाल क्षति

NAWALPUR TIMES
प्रकाशित : २०८० भदौ ८ गते १२:२२
कावासोती-१७ मा आगलागी हुँदा डेढ लाखको धनमाल क्षति

कावासोती । कावासोति नगरपालिका वडा नं १७ मा गए राती आगलागी भएको छ ।

कावासोती-१७ को गोछडामा स्थानीय बोधराज गैह्रेको घरको भान्सा कोठामा रातीको करिब २:१५ बजेको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी बेदबहादुर पौडेलले जानकारी दिए ।

डिएसपी पौडेलका अनुसार गैह्रेको
टिनले छाएको एकतले घरको भान्सा कोठामा आगलागी हुँदा भान्साकोठामा रहेको काठको दराज, फ्रिज, दाल, चामल गरि अन्दाजी १ लाख ५० हजार बराबरको धनमाल क्षती भएको छ l

आगलागी बाट मानवीय तथा  चौपाया क्षति नभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीको कारण खुल्न नसकेको र थप अनुसन्धान भैरहेको छ ।

प्रकाशित : २०८० भदौ ८ गते १२:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI