मोबाइल क्लिनिक सञ्चालनका लागि रवि लामिछानेले पाएनन् अनुमति

NAWALPUR TIMES
प्रकाशित : २०८० भदौ ९ गते १४:२१
मोबाइल क्लिनिक सञ्चालनका लागि रवि लामिछानेले पाएनन् अनुमति

कावासोती । चितवनको कालिका नगरपालिकाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मोवाइल स्वास्थ्य क्लिनिक सञ्चालनको अनुमति दिन अस्वीकार गरेको छ ।

मोवाइल स्वास्थ्य क्लिनिक सञ्चालनका लागि कानुन नभएको भन्दै नगरले अनुमति दिन अस्विकार गरेको बताइएको छ । लामिछानेले यसअघि मोबाइल स्वास्थ्य क्लिनिक र महिलाका लागि निःशुल्क बस सेवा सञ्चालन गरेका थिए ।

उनको उक्त कार्यमा चौतर्फी आलोचना भएको थियो । स्थानीय निकायसँग समन्वय नै नगरी मोबाइल क्लिनिक र बस सेवा सञ्चालन गरेको भनेर लामिछानेको आलोचना भएपछि उनले प्रक्रिया थालेका थिए ।

चितवन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्यसमेत रहेका लामिछानेले मोवाइल क्लिनिक सञ्चालनका लागि नगरपालिका र नगर स्वास्थ्य शाखालाई पत्र लेखेका थिए । नगरपालिकाले मोवाइल क्लिनिक सञ्चालनका लागि प्रदेशसँग अनुमति लिन लामिछानेलाई आग्रह गरेको छ ।

प्रकाशित : २०८० भदौ ९ गते १४:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI