कालीगण्डकीमा पौडी खेल्न गएका बालक बेपत्ता

NAWALPUR TIMES
प्रकाशित : २०८० भदौ ११ गते १८:०३
कालीगण्डकीमा पौडी खेल्न गएका बालक बेपत्ता

कावासोती । नवलपुर बुलिङ्गटारका १४ वर्षीय बालक कालीगण्डकी नदिमा डुबेर बेपत्ता भएका छ्न ।

बुलिङ्गटार-४ कोखेटार बस्ने लिला बहादुर दराईको छोरा सन्तोष दराई कालीगण्डकी नदिमा पौडी खेल्न जाँदा डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी वेदबहादुर पौडेलले जानकारी दिए ।

डिएसपी पौडेलका अनुसार बेपत्ता बालक सहित पौडि खेल्न गएका अर्का बालक समिर सोमैको सकुशल उद्धार गरिएको छ ।उनिहरु नदिमा डुबे पछि सँगै गएका अर्का बालक समिर थापाले साथीहरु डुबेको खबर दिए पछि परिवारजका सदस्य र छिमेकी घटनास्थल पुगेका थिए ।

कालीगण्डकीमा डुबेर बेपत्ता भएका बालकको खोजी भैरहेको डिएसपी पौडेलले बताए ।

प्रकाशित : २०८० भदौ ११ गते १८:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI