कावासोतिका सिग्देल नेपालका लागि स्ट्याण्डर्ड काउन्सिल अफ क्यानडा(scc)ISO को प्रतिनिधि

NAWALPUR TIMES
प्रकाशित : २०८० भदौ १२ गते ९:१४
कावासोतिका सिग्देल नेपालका लागि स्ट्याण्डर्ड काउन्सिल अफ क्यानडा(scc)ISO को प्रतिनिधि

कावासोती / भाद्र १२

कावासोतीका स्थायी बासिन्दा बिनोद सिग्देल
नेपालका लागि स्ट्यान्डर्ड काउन्सिल अफ क्यानडा(scc) ISO को प्रतिनिधिको रुपमा नियुक्त भएका छन । स्ट्यान्डर्ड काउन्सिल अफ क्यानडा (scc) ISO का एसिया प्रमुखले सिग्देललाई पाँच बर्षका लागि नेपालको अधिकारिक प्रतिनिधिका रुपमा नियुक्त गरेका हुन । यस्तो किसिमको मान्यता प्राप्त गर्ने सिग्देल नेपालको पहिलो ब्यक्ति हुन ।


नेपालबाट ठूलो मात्रामा अदक्ष कामदारको रुपमा बिदेशमा पलाएन भईरहेको बेला उनको नियुक्तिले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष कामदार उत्पादन गर्ने सन्दर्भमा सहयोग गर्नेछ ।
” अदक्ष कामदारहरु परराष्ट जाँदा उनिहरुले सेवा सुबिधा पनि राम्रो पाँउदैनन अर्को तिर कामदारहरुको मृत्यु ,अङ्गभङ्ग जस्ता अप्रिय समाचारहरु सुनिरहनुपरेको छ । अर्थतन्त्रको ठूलो हिस्सा रेमिट्यान्सले धानेको हाम्रो जस्तो मुलुकमा बिदेश जाने नागरिकलाई दक्ष गराउनुनै मेरो मुख्य लक्ष्य र भुमिका हुनेछ” सिग्देलले बताए ।


तालिमप्राप्त कामदारलाई उनले ISO को परिक्षामा समाबेश गराई ISO सर्टिफाईड गराउन सहयोग गर्नेछन भने अदक्ष कामदारलाई तालिम प्रदान गरि दक्ष गराउन पहल गर्नेछन । जसका कारण बिश्वका विभिन्न मुलुकमा नेपाली कामदारको श्रमको मूल्य उच्च हुनेछ । यसको कार्यालय काठमाडौंमा भएको र अन्य शहरमा बिस्तारको क्रममा रहेको सिग्देलले बताए । यस अघि सिग्देल डेढ दशक दक्षिण कोरियामा विभिन्न पेशामा आवद्ध थिए ।

प्रकाशित : २०८० भदौ १२ गते ९:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI