भ्रमणमा हिंडेको बस दुर्घटना हुँदा ७ जनाको मृत्युु, ३१ घाइते

NAWALPUR TIMES
प्रकाशित : २०८० भदौ २३ गते ६:५०
भ्रमणमा हिंडेको बस दुर्घटना हुँदा ७ जनाको मृत्युु, ३१ घाइते

कावासोती  । बर्दियाबाट भ्रमणमा हिंडेको बस बाँकेको राप्तीसोनारी गाउँपालिका–९ शम्शरेगञ्जमा रोकेर राखिएको ट्रकमा यात्रुबाहक बस ठोक्किएर भएको दुर्घटनामा ७ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी चालक, सहचालकसहित ७ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएको प्रहरीले जनाएको छ । छ जनाको सनाखत भएपनि एकजनाको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए ।

बर्दियाको ठाकुरबाबा नगरपालिका ९ बेतहनीको सामुदायिक वन समुहको टोली लिएर दाङ गएको बस फर्कने क्रममा ट्रकसँग ठोक्किएको हो । दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस सडक किनारमा रोकेर राखिएको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोकिँदा दुर्घटना भएको राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलले जानकारी दिएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा कस्तुरी थापा, काँशीराम थारू, रूपा परियार, जयन्त थारू, चानुराम चौधरी, चालक गोविन्द ठकुरी र एक जनाको पहिचान नखुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

सुरूमा प्रहरीले चितवनबाट नेपालगन्ज जाँदै गरेको जानकारी दिएपनि घाइतेहरुको बयान पछि दुर्घटनाको थप विवरण खुलेको हो ।

प्रकाशित : २०८० भदौ २३ गते ६:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI