मोबाइल चार्ज गर्दा करेन्ट लागेर हुप्सेकोटमा महिलाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८० असोज १२ गते २२:०३
मोबाइल चार्ज गर्दा करेन्ट लागेर हुप्सेकोटमा महिलाको मृत्यु

कावासोती । नवलपुरको हुप्सेकोटमा करेन्ट लागेर महिलाको मृत्यु भएको छ ।

शुक्रबार साँझको ६ बजेको समयमा आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा हुप्सेकोट-२ गाँडा खोला बस्ने २३ वर्षीय भुमिसरा आले करेन्ट लागेर घाईते भएकी थिईन ।

करेन्ट लागेर घाईते भएकी आलेको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा करिब आठ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी बेदबहादुर पौडेलले जानकारी दिए ।

प्रकाशित : २०८० असोज १२ गते २२:०३

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI