विषालु च्याउ खाँदा हुप्सेकोटमा श्रीमान श्रीमतीनै बिरामी

NAWALPUR TIMES
प्रकाशित : २०८० असोज १५ गते १९:०४
विषालु च्याउ खाँदा हुप्सेकोटमा श्रीमान श्रीमतीनै बिरामी

कावासोती । विषालु च्याउ खाएर हुप्सेकोटमा श्रीमान श्रीमती बिरामी परेका छ्न ।

हुप्सेकोट गाउँपालिका वडा नं ४ झ्यालबास का रामबाबु बयम्बु र उनकी श्रीमती देउ कुमारी बयम्बु बिरामी परेका हुन ।

गाउँ नजिकैको जंगलबाट खोजेर ल्याएको च्याउ खाएका उनिहरुको स्वास्थ्यमा समस्या आए पछि उपचारका लागी मध्यविन्दु जिल्ला अस्पताल डण्डा ल्याईएको थियो ।

विषालु च्याउ खाएर बिरामी भएका बयम्बु दम्पतीलाई थप उपचार का लागि चितवनको भरतपुर अस्पताल पठाईएको नवलपुर प्रहरी प्रवक्ता डिएसपी बेदबहादुर पौडेलले जानकारी दिए ।

प्रकाशित : २०८० असोज १५ गते १९:०४

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI