१० लाख बराबरको पटाका बरामद

NAWALPUR TIMES
प्रकाशित : २०८० असोज २३ गते १७:२२
१० लाख बराबरको पटाका बरामद

कावासोती । भारतीय बजारबाट भित्र्याएर विभिन्न ठाउँमा पुर्‍याउन तयारी भइरहेकाे पटका प्रहरीले बरामद गरेको छ । पश्चिम नवलपरासीको रामग्रामबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा पटाका बरामद गरेको हो ।

रामग्राम नगरपालिका-१२ मा लुकाइछिपाइ राखेको १० लाख रुपैयाँ बराबरको पटाका बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर २६ गण हेडक्वाटरका एसपी धीरेन्द्रराज न्यौपानेले बताए ।

रामग्रामबाट सुनवलको भुमही लैजानका लागि पिकअपमा लोड गर्दै गरेको अवस्थामा प्रहरीले पटका बरामद गरेको हो । बरामद भएको पटाकाको बजार मूल्य १० लाख रुपैयाँ भएको प्रहरीले जनाएको छ।

बरामद पटाका जिल्ला प्रशासनका प्रतिनिधिको रोहबरमा नस्ट गरिएको छ । चाडपर्व नजिकिएपछि सीमा क्षेत्रबाट पटका ओसारपसार बढ्ने गरेको छ ।

भारतको सीमावर्ती क्षेत्रबाट नवलपरासीमा भित्रिने पटका मुलुकका विभिन्न बजारमा पुग्ने गरेको छ। त्यस्तो ओसारपसार रोक्न चाडपर्वलाई लक्षित गरेर सशस्त्र प्रहरीले सीमा नाकामा गस्ती बढाइएको जनाएको छ ।

प्रकाशित : २०८० असोज २३ गते १७:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI