आन्दोलनरत कर्मचारीलाई नियमित काममा फर्किन मध्यविन्दुका मेयर अधिकारीको निर्देशन

NAWALPUR TIMES
प्रकाशित : २०८० असोज २५ गते ७:५१
आन्दोलनरत कर्मचारीलाई नियमित काममा फर्किन मध्यविन्दुका मेयर अधिकारीको निर्देशन

कावासोती । दुई सातादेखि आन्दोलनका लागि काठमाडौं गएका कर्मचारीका कारण नगरपालिकाको नियमित सेवा प्रवाह प्रभावित भएको भन्दै नवलपुरको मध्यबिन्दु नगरपालिकाका मेयरले काममा फर्किन कर्मचारीलाई निर्देशन दिएका छन् ।

मेयर भिमलाल अधिकारीले बुधबार सूचना जारी गर्दै केही दिनदेखि भैरहेको कर्मचारी आन्दोललले चाडबाडको पूर्वसन्ध्यामा नगरपालिकाको अत्यावश्यक काम र सेवा अवरुद्ध भएकाले आन्दोलनलाई रचनात्मक बनाउदै नियमित कार्यालयको काममा फर्किन निर्देशन दिएका हुन् ।

मध्यबिन्दु नगरपालिकासहित देशभरिका स्थानीय तहका कर्मचारी काठमाडौंकेन्द्रित आन्दोलनमा गएका कारण पालिकाहरुको काम कारबाही प्रभावित भएको छ ।

मध्यबिन्दु नगरपालिकामा रहेका कर्मचारीमध्ये १५ जना आन्दोलनमा सहभागी हुन काठमाडौं गएका छन् भने कार्यालयमा दिनदिनै जाने कर्मचारीहरुसमेत काम नगरी चौरमा बस्ने गरेको स्थानीय बताउँछन् ।

प्रकाशित : २०८० असोज २५ गते ७:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI