स्कुटर दुर्घटनामा एक जनाको ज्यान गयो

NAWALPUR TIMES
प्रकाशित : २०८० कार्तिक ३ गते ८:००
स्कुटर दुर्घटनामा एक जनाको ज्यान गयो

कावासोती । पुर्व पश्चिम राजमार्गको नारायणघाट-कावासोती खण्डमा गएराती स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

कावासोती-११ को खरकट्टा जंगलमा रा ३ प १८७५ नंको स्कुटर अनियन्त्रित भई पल्टिदा का गम्भीर घाईते भएका कावासोती-२का तिर्थराज देवकोटाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी बेदबहादुर पौडेलले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका देवकोटालाई उपचारका लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा लगिएको थियो । उनको उपचारको क्रममा अस्पतालमा ज्यान गएको र घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८० कार्तिक ३ गते ८:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI