मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८० कार्तिक १२ गते ८:५६
मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

कावासोती । बारामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ । कञ्चनपुर भीमदत्त नगरपालिका–११ घर भई इलाका प्रहरी कार्यालय निजगढ बारामा कार्यरत प्रहरी जवान आकाश सुनारको निजगढमा भएको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको बाराका प्रहरी उपरीक्षक एसपी सुशप्रसाद काफ्लेले जानकारी दिए ।

शनिबार निजगढ नगरपालिकाबाट ८ बाट ज १२ प ७१५४ नम्बरको मोटरसाइकलमा जीतपुरसिमरा उपमहानगरपालिका–१६ काँठगाटतर्फ जाँदै गर्दा सुनार दुर्घटनामा परेका हुन् । मोटरसाइकल सुनार आफैले चलाएका थिए । मोटरसाइकल चोरी गरी लैजाँदै गरेको गोप्य सूचनाका आधारमा खोजतलास गर्न जाने क्रममा ड्युटीको सिलसिलामा सुनार मोटरसाइकल दुर्घटनामा परेका एसपी काफ्लेले बताए ।

दुर्घटनामा टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका सुनारको प्रादेशिक अस्पताल कलैयामा उपचार हुन नसक्दा थप उपचारका लागि एलएस न्यूरो अस्पतालमा लगिएको थियो । उपचारका क्रममा शनिबार दिउँसो उनको मृत्यु भएको प्रहरी उपरीक्षक काफ्लेले बताए ।

प्रकाशित : २०८० कार्तिक १२ गते ८:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI