हुप्सेकोटमा मोबाईल पसलमा आगलागी हुँदा ७० लाख बढिको क्षती

NAWALPUR TIMES
प्रकाशित : २०८० कार्तिक १४ गते १७:०८
हुप्सेकोटमा मोबाईल पसलमा आगलागी हुँदा ७० लाख बढिको क्षती

कावासोती । हुप्सेकोट गाउँपालिकाको झ्यालबास बजारमा रहेको मोबाईल पसलमा आगलागी हुँदा ७० लाखको क्षती भएको छ ।

झ्यालबास बजारमा जुकेपानी घर भएका खेमु गाहाले संचालन गर्दै आएको दाजुभाई मोबाईल पसलमा अचानक विद्युतको तार सर्ट हुन गई आगलागी हुँदा पसल पुर्ण रुपमा जलेर नष्ट भएको नवलपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार २ तले पक्की भवनको तल्लो तल्लाको सटर कोठामा आगलागी भएको र आगलागी बाट मानव तथा चौपायाको क्षती भने भएको छैन ।

प्रकाशित : २०८० कार्तिक १४ गते १७:०८

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI