ट्रयाक्टरबाट खसेर गैँडाकोटमा दुई जना बालक घाईते

NAWALPUR TIMES
प्रकाशित : २०८० कार्तिक २६ गते ११:००
ट्रयाक्टरबाट खसेर गैँडाकोटमा दुई जना बालक घाईते

कावासोती । गैंडाकोटमा ट्रयाक्टरबाट खसेर दुईजना बालक घाईते भएका छ्न ।

शनिबार राती गैंडाकोट नगरपालिका वडा नं १२को चौधरी चोक स्थित भित्रि सडकखण्डमा दक्षिणबाट उत्तर तर्फ जांदै गरेको ना ६ त ८२३० नं.को गुडीरहेको ट्याक्टरको अगाडी सिटमा बसेका १८ वर्षीय टेक बहादुर सुनारी र १७ वर्षीय पुजन मगर खसेर घाईते भएका नवलपुर प्रहरीले जनाएको छ ।

घाईते मध्ये टेक बहादुर सुनारीको दुबै हात खुट्टामा चोट र पुजन मगरको टाउको र हात खुट्टाम चोट लागेकोप्रहरीले जनाएको छ ।

घाईतेहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको ट्रयाक्टर र ट्रयाक्टर चालक प्रहरी नियन्त्रणमा रहेको बताईएको छ ।

प्रकाशित : २०८० कार्तिक २६ गते ११:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI