हर्कपुरमा सवारी दुर्घटना हुँदा ३० वर्षिय युवकको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८० मंसिर ५ गते ०:११
हर्कपुरमा सवारी दुर्घटना हुँदा ३० वर्षिय युवकको मृत्यु

कावासोती । हर्कपुरमा रहेको उन्नति कल्चरल भिलेज नजिकै सोमबार राती सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश २-०३-००१ ख ६२८४ नं.को ट्रक ट्रेलर पछाडी सोही दिशा बाट आएको बागमती प्रदेश ०३-००४प ७१६५ नं.को मोटरसाइकल ठक्कर खाँदा गम्भीर घाईते भएका अमरापुरीका मोटरसाइकल चालक ३० वर्षीय राजु क्षेत्रीको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

ट्रेलरको पछाडीको भागमा मोटरसाइकल ठोक्किएर टाउकोमा चोट लागि गम्भीर घाईते भएका क्षेत्रीलाई उपचारका लागि भरतपुर पठाईएको र उपचारको क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी बेदबहादुर पौडेलले बताए । पौडेलका अनुसार ट्रेलर चालक र ट्रेलर प्रहरी नियन्त्रणमा रहेका छ्न ।

प्रकाशित : २०८० मंसिर ५ गते ०:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI