कावासोतीमा सवारी दुर्घटना : १ जनाको मृत्यु २ जना घाईते

NAWALPUR TIMES
प्रकाशित : २०८० मंसिर ५ गते ९:३३
कावासोतीमा सवारी दुर्घटना : १ जनाको मृत्यु २ जना घाईते

कावासोती । कावासोती-१६ पत्थर खोला नजिकै मंगलबार बिहान कार र ट्रक एक आपसमा ठोक्किदा १ जनाको मृत्यु र २ जना घाईते भएका छ्न ।

पूर्व पश्चिम राजमार्गमा पश्चिम बाट पूर्व तर्फ आउँदै गरेको लु २ ख ५८०५ नं. को पश्चिम नेपाल यातायात प्रा.लि.को  ट्रक र विपरित दिशा तर्फ जादै गरेको लु ३ च १०२४ नम्बरको कार एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर घाइते भएका कारका चालक रुपन्देहीको सिदार्थ नगरपालिका वडा नं. ८ बस्ने ५९ वर्षीय हरिसचन्द्रमान श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी बेदबहादुर पौडेलले जानकारी दिए ।

त्यसै गरि दुर्घटनामा कारमा सवार सर्लाही चन्द्रनगर गाउँपालिका वडा नं. ८ का सरोज कुमार साह र सरस्वती साह घाईते भएका पौडेलले बताए । घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भैरहेको र अवस्था खतरामुक्त रहेको पौडेलले जानकारी दिए ।

प्रकाशित : २०८० मंसिर ५ गते ९:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI