ISO korea ले माग्यो माफी

NAWALPUR TIMES
प्रकाशित : २०८० मंसिर ९ गते १४:१०
ISO korea ले माग्यो माफी

काठमाडौं
दक्षिण कोरियाको सीप बिल्डिङ्ग एसोसियनले गर्ने भनिएको सीप परिक्षण पुर्ब निधारित समयमा गर्न नसकेपछी ISO korea ले माफी मागेको छ ।
ISO क्वाङ आम कोरिया कम्पनिले नेपालमा पहिलो पटक सन 2023 मा काठमाडौ बिश्वबिध्यालय संगको समन्वयमा स्किल सम्वन्धी ISO मापनको परिक्षा संचालन गरेर वेल्डिङको ISO स्ट्यान्डर्ड मापन गरेको थियो । उक्त परिक्षामा दुई चरणमा गरि वेल्डिङ तर्फ ८८ जना नेपालीले ISO प्रमाणिकरण प्राप्त गरेका थिए ।


ISO korea ले दिएको जानकारी अनुसार दक्षिण कोरियामा अत्यधिक माग भईरहेको ब्यक्तिगत भिजा (E-7)मा आवेदन दिनु पुर्व अनिवार्य रुपमा KOSHIPA ( korean offshore & shipbuilding association ) ले लिने सीप परिक्षण परिक्षामा उत्तीर्ण हुनुपर्ने ब्यवस्था भए पनि पुर्ब निर्धारित समयमा सीप परिक्षण गर्न नसकेपछी ISO कोरियाले माफी मागेको हो ।
यस अघि नोभेम्बर 20 सम्म सीप परिक्षणको मिति सार्वजनिक गर्ने ISO कोरियाले जनाएको थियो ।

KOSHIPA ले लिने उक्त सीप परिक्षणमा सहभागी हुन ISO प्रमाणीकरण प्राप्त गरेका मध्यहरुबाट ६२ जना नेपाली श्रमिकले आवेदन दिएका थिए । ISO कोरियाले पत्रमार्फत प्राबिधिक त्रुटिका कारण सीप परिक्षण हुन नसकेको जनाउँदै आगामी जनवरीमा सीप परिक्षण गर्ने प्रतिबद्धता जनाएको छ । आउँदाे जनवरी महिना भित्र सीप परिक्षण हुन नसके ISO सर्टिफिकेसन बापत लिइएको शुल्क रकम जरिवाना सहित फिर्ता गर्ने प्रतिबद्धता समेत पत्रमा उल्लेख छ ।

koshipa बाट सीप परिक्षण गरेका श्रमिकले
सिधै कोरियाको रोजगारदाता कम्पनि सङ्ग श्रम सम्झौता हुने हुने गर्दछ ।
ISO कोरियाको नेपाल एजेन्सी  क्वाम आम नेपाल सीप परिक्षणमा कुनै शुल्क नलाग्ने बताउँदै सीप परिक्षणमा सहभागी हुन चाहने श्रमिकलाई कसैको प्रलोभनमा नपर्न समेत अनुरोध गरेको छ ।

प्रकाशित : २०८० मंसिर ९ गते १४:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI