कुचोले हिर्काएर बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०८० मंसिर १७ गते १२:५३
कुचोले हिर्काएर बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ

कावासोती । नवलपुरको मध्यविन्दुमा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।

६० वर्षीय होमबहादुर दराईको हत्या गरेको आरोपमा मध्यविन्दु नगरपालिका–१०, टाँडी बस्ने ३५ वर्षीय रुपेश दराईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

रूपेशले कुचोको डाँठले हिर्काउँदा होमबहादुर गम्भीर घाइते भएका थिए । उनको मध्यविन्दु जिल्ला अस्पताल डन्डामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीेले जनाएको छ ।

प्रकाशित : २०८० मंसिर १७ गते १२:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI