विनयी त्रिवेणीमा ट्रयाक्टर दुर्घटना : चालकको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८० मंसिर २५ गते ११:२६
विनयी त्रिवेणीमा ट्रयाक्टर दुर्घटना : चालकको मृत्यु

कावासोती । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा भएको ट्रयाक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

विनयी त्रिवेणी गाउँपालिकाको वडा नं ४ को पिडरी भन्ने स्थानमा लु ४ त ५५०५ नंको  लोड ट्रयाक्टर अनियन्त्रित भएर पल्टिदा ट्रयाक्टर चालक मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नं ६ बस्ने विशाल प्रजाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दुर्घटना आईतबार राती करिब ९:३५ बजे भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८० मंसिर २५ गते ११:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI