दुर्गा प्रसाईं भारतको मेदान्त अस्पतालमा क्यान्सरको उपचार गराउदैँ

NAWALPUR TIMES
प्रकाशित : २०८० मंसिर २६ गते १२:१९
दुर्गा प्रसाईं भारतको मेदान्त अस्पतालमा क्यान्सरको उपचार गराउदैँ

नारायण शर्मा, हरियाणा ( भारत) । बैंक रिण नतिर्ने र नेपालमा हिन्दुराज्य स्थापना गर्ने नारा दिएर चर्चामा रहेका दुर्गा प्रसाईं गत तिन दिनदेखी भारतको हरियाणा स्थित मेदान्ता अस्पतालमा क्यान्सरको उपचार गराउन आएका छ्न । “मैले १० बर्श अघि यहि मेरो मुखको क्यान्सरको अप्रेशन गराएको हो फेरि फलोअपमा आएको हु”, उनले भने, “त्यतिखेर मेरो जिब्रो ९ ठाउबाट काटेर सिलाएको यहि हो ”।

“फेरि पुरानै डाक्टरलाई देखाउन आएको हुँ” प्रसाईले  भने, “अझै केहिदिन यहि रहन्छु १० बर्शमा केही भैसक्यो कि भनेर फलोअपमा आएको हु ।” १० बर्श अघि आफ्नो आफ्नो घाँटी र मुख मा क्यान्सर देखिएर निको भएपछी आफ्नो गृह जिल्ला झापामा क्यान्सर अस्पताल खोलेको उनले सुनाए ।

“उपचारको काम सकेर काठमाडौ फर्किन्छु र पुस १ गते देश ब्यापि हिन्दुधर्म स्थापनाको आन्दोलन्मा लाग्छु”, उनले भने, “नेपाल त ठुला दलका नेताहरुले खाईसकेका रैछ्न यो देश त डुबाईसकेका रैछ्न । ठुला द्ल एमाले , काङ्रेस र माओबादीका नेतालाई जेल नकोचे सम्म यो देश बन्दै बन्दैन” उनले भने, “देश त भ्रष्ट नेता र माडेहरु मिलेर खाईसकेका रैछ्न । अब हामी जाग्न पर्छ नत्र देश त सक्छ्न” प्रसाईले भने, “बैंकको नियम फेर्ने सांसद जति माडवारी साम्सद छ्न नेपाल देश उनिहरुलाई चाहिएकै छैन ।” “माडबारिहरु देश लुटन आका रैछ्न नेताले उनैलाई समर्थन गरेर देश डुबाएका रैछ्न ।”, उपचारमा आएका प्रसाईले अब ३ दिनमा नेपाल फर्किने सुनाए ।

“नेपालका ठुला दलका कम्तिमा ५०० नेतालाई जेल हाल्न पर्छ अनि देश बनाउन शुरु हुन्छ”, ५२ बर्षिय प्रसाईंले भने, “कम्तिमा देश डुबाउन नदिन जनता जाग्नै पर्छ । अब ३ वर्ष भित्र नेपालमा पढने बिद्यार्थी , पढाउने शिक्षक र उपचार गर्ने डाक्टर हुदैनन । क्षमता हुने सबै बिदेशिन बाध्य छ्न । नेताले देश सकेका रैछ्न प्र्साईले भने अब जनता नजागे नेपालै रहन्न्न ।” प्रसाईं आफै झापामा रहेको बि एन्ड सी क्यान्सर अस्पतालका सन्चालक हुन ।

प्रकाशित : २०८० मंसिर २६ गते १२:१९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI