गैँडाकोटमा मलामी हिडेको बस र लोड ट्रक एक आपसमा ठक्कर खाँदा ८ घाईते

NAWALPUR TIMES
प्रकाशित : २०८० मंसिर २८ गते ९:२६
गैँडाकोटमा मलामी हिडेको बस र लोड ट्रक एक आपसमा ठक्कर खाँदा ८ घाईते

कावासोती । नवलपुरको गैंडाकोटमा बुटवलबाट मलामी लिएर देवघाट जाँदै गरेको बस र भुस बोकेर हिडेको ट्रक ठक्कर खाँदा ८ जना घाईते भएका छ्न ।

पुर्व पश्चिम राजमार्गमा पुर्व बाट पश्चिम तर्फ जाँदै गरेको ना३ख ३८६७ नं को भुस बोकेको ट्रक र बुटवल बाट देवघाटको लागी लास बोकेर मलामी देवघाट हिडेको लु१ख ८८४६ नं. को बस गैंडाकोटको जयश्री पुल नजिकै गए राती २ बजेको समयमा एक आपसमा ठक्कर खाँदा ८ जना घाईते भएका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दुर्घटनामा बसमा सवार रुपन्देही कन्चन गाउँपालिका वडा नं ३ का गंगादत्त ढकाल, यमबहादुर थापा,बालकृण्ण न्युरे,धनपति सापकोटा,गौरी उपाध्याय,युवराज शर्मा,दिपक अधिकारी र ट्रक चालक नवलपुरको बुलिङ्गटार गाउँपालिका वडा नं १ का नरप्रसाद बृता घाईते भएका प्रहरीले जनाएको छ ।

घाइतेहरुको अवस्था सामान्य रहेको र उनिहरुलाई उपचारको लागी भरतपुरको चितवन मेडिकल कलेज पठाईएको नवलपुर प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८० मंसिर २८ गते ९:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI