कावासोती नगरस्तरिय युवा सन्जालको अध्यक्षमा पवन भुर्तेल चयन

NAWALPUR TIMES
प्रकाशित : २०८० मंसिर ३० गते २१:२०
कावासोती नगरस्तरिय युवा सन्जालको अध्यक्षमा पवन भुर्तेल चयन

कावासोती । कावासोती नगरस्तरिय युवा सन्जालको अध्यक्षमा पवन भुर्तेल चयन भएका छ्न ।

कावासोती नगरपालिकाकी उपप्रमुख फुल कुमारी थनेतको प्रमुख अतिथ्यतामा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा रेशम देवकोटा, कोषाध्यक्षमा निशान भुसाल, सचिवमा मनिता भुसाल, सदस्यहरुमा विनिता पोख्रेल र सचिन न्यौपाने, प्रविन सापकोटा, दिया ठकुरी, स्मृति गैरे, सिद्धार्थ पाण्डे, अनिता सार्की चयन भएका हुन् ।

कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख क्षेत्र बहादुर भण्डारी, शाखा अधिकृत राजन पाण्डे, राष्ट्रीय युवा परिषद जिल्ला अध्यक्ष टिका भुर्तेल, कावासोती नगरपालिका वार्ड नं १ का वडाध्यक्ष तबारक महमद मिया, वार्ड नं १० वडाध्यक्ष टेकनारायण महतोको उपस्थिति रहेको थियो ।

प्रकाशित : २०८० मंसिर ३० गते २१:२०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI