कावासोती नगरस्तरिय छैटौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

NAWALPUR TIMES
प्रकाशित : २०८० पुष ३ गते १८:५०
कावासोती नगरस्तरिय छैटौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

कावासोती । कावासोती नगरपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मंगलबार देखि शुरु भएको छ ।

शान्ति निकुञ्ज माविको व्यवस्थापनमा कावासोती-१२ को राजमन्दिर चौरमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा नगरपालिका भित्र रहेका ३१ वटा विद्यालय सहभागि रहेका छन् ।

पुस पाँच गते सम्म चल्ने छ प्रतियोगितामा विभिन्न विद्या तर्फका गरि २५ वटा इभेन्टमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालको अध्यक्षता तथा प्रदेशसभा सदस्य एवं पूर्व मन्त्रि रोशन बहादुर गाहाको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन सत्रमा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, अभिभावक लगायतकाको उपस्थिति रहेको थियो ।

उदघाटन सत्रमा सहभागी विद्यालयका विद्यार्थीहरुले मार्च पास प्रदर्शन गरेका थिए ।मार्चपास तर्फ कावासोती-८ को नोबेल एकेडेमी प्रथम भएको छ ।

प्रकाशित : २०८० पुष ३ गते १८:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI