४० वर्षीय पुरुषसँग १६ वर्षीया बालिकाको जबर्जस्ती विवाह, बेहुलासहित विवाह गराइदिने पाँच पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०८० पुष ४ गते ७:४२
४० वर्षीय पुरुषसँग १६ वर्षीया बालिकाको जबर्जस्ती विवाह, बेहुलासहित विवाह गराइदिने पाँच पक्राउ

कावासोती । कावासोती नगरपालिका– १० मगरकोटमा ४० वर्षीय पुरुषसँग १६ वर्षीया बालिकाको जबर्जस्ती विवाह गराइएको छ ।

घटना सार्वजनिक भएपछि प्रहरीले बेहुवासहित पाँचजनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेकाको नाम भने सार्वजनिक गरेको छैन ।

प्रहरीले बालविवाह भएको भन्ने सूचना प्राप्त भएपछि विवाह गर्ने र गराउनेलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक साजन शर्माले बताए ।

उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १७३ बमोजिम कारबाही अगाडि बढाइएको प्रहरी इन्स्पेक्टर शर्माले जानकारी दिए ।

प्रकाशित : २०८० पुष ४ गते ७:४२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI