कावासोतीमा मानव कंकाल फेला

NAWALPUR TIMES
प्रकाशित : २०८० पुष ४ गते १०:३४
कावासोतीमा मानव कंकाल फेला
फाईल तस्बिर

कावासोती । नवलपुरको कावासोती-१७ बरौलीमा मानव कंकाल फेला परेको छ ।

आठ महिना पहिले देखि बन्द अवस्थामा रहेको बरौलीको मुस्कान होटल पछाडीको खेतमा रहेको सिरुको झ्याङ्ग भित्र मंगलबार साँझ मानव कंकाल फेला परेको नवलपुर प्रहरीले जनाएको छ ।

मानव कंकाल शरीरमा माथि सेतो धर्का परेको सट र तल कालो कपडा बेरीएको अवस्थामा फेला परेको हो । लास कुहिएर कंकाल बनेको हुनाले कंकालको पहिचान हुन नसकेको तथा घटनाको अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : २०८० पुष ४ गते १०:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI