कावासोतीमा ट्रयाक्टर मोटरसाइकल ठक्कर खाँदा २ जना घाईते

NAWALPUR TIMES
प्रकाशित : २०८० पुष ५ गते ८:१२
कावासोतीमा ट्रयाक्टर मोटरसाइकल ठक्कर खाँदा २ जना घाईते

कावासोती । कावासोतीमा ट्रयाक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा २ जना घाईते भएका छ्न ।

कावासोतीको केरुङ्गे खोला पुलमा पश्चिमबाट पूर्व तर्फ जादै गरेको ना ४३ प ६१११ नंको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको ना४त ९०६९ नं.को ट्याक्टर एक आपसमा ठक्कर खादा मोटरसाइकल चालक कावासोती-११ कुढौलीका बिजय बिक र मोटरसाइकलमा सवार नारायण महतो घाईते भएका नवलपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाईते भएका दुबै जनालाई मध्यविन्दु जिल्ला अस्पतालमा सामान्य उपचार पछि बिकलाई भरतपुर स्थित सरकारी अस्पताल र महतोलाई पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ । ठक्कर खाएका दुवै सवारी साधन र ट्रयाक्टर चालक प्रहरी नियन्त्रणमा रहेका छ्न ।

प्रकाशित : २०८० पुष ५ गते ८:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI